रित्तिए खाद्य डिपो, रित्तै फर्किन्छन् उपभोक्ता

मुगुमा खाद्यन्न अभाव, उपभोक्तालाई संस्थानको चामल वितरणमा रोक

मुगु । यतिखेर मुगु सदरमुकाम गमगढी बजार क्षेत्रमा खाद्यन्न अभाव हुदै गएको छ । खाद्य संस्थान व्यापार कम्पनी लिमिटेड मुगुमा मौज्दात चामल सकिनन थालेपछि बजारमा खाद्यन्न अभाव हुन थालेको हो । लामो समयदेखिको लकडाउन र मुगु पुग्ने नाग्म गमगढी सडक खण्ड अवरुद्ध भएपछि खाद्यन्न ढुवानीमा समस्या छ ।

खाद्यन्न अभाव हुन थालेपछि सर्वसाधरणले संस्थानको चामल किन्न नपाउने भएका हुन् । मौज्दात चामल सकिएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अन्तर्गतका सबै डिपोहरु खालि छन । अब शाखा कार्यालय गमगढीमा रहेको गोदाममा मात्रै ५ सय ५० क्वीन्टल चामल बचाइ राखिएको छ । प्राकृतिक प्रकोप लगायत भैपरी आउने अत्यावश्यक कार्यमा मात्र उक्त चामल वितरण गर्ने तयारी छ ।

रित्तिदै गरेको खाद्य संस्थान भवन

सर्वसाधारण नागरिकले गत साउन २८ गतेबाट खाद्यन्नको चामल किन्न पाएका छैनन् । संस्थानले एक सूचना सार्वजानिक गर्दै खाद्यान्न बिक्रि बन्द गरेपछि उपभोक्ताले संस्थानको चामल खान नपाएका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका कार्यालय प्रमुख कर्णबहादुर रावलका सोना मंन्सुली, मध्येजापानिज, अरुवा मोटो, जिरा मन्ंसुली लगायत ब्राण्डका चामल बिक्रि गर्दै आएपनि यतिखेर अभाव भएको हो । आर्थिक वर्ष ०७७÷७८ को खाद्यान्न ढुवानीको ठेक्का प्रक्रिया भइरहेको र गत वर्षको चामल सकिसकेकोले समस्या भएको उनले बताए । साथै चामल ढुवानीका लागि समन्वय भइरहेको उनको भनाइ छ ।

खाद्य संस्थानमा चामल किन्न जादाँ चामल छैन, भन्दै फर्काएपछि रित्तो हात फर्किएको छायाँनाथ रारा नगरपालिका ४ का स्थानीय खड्क सिंह भामले बताए । खाद्य संस्थान व्यापार कम्पनी लिमिटेड मुगुको गत आर्थिक वर्षको स्वीकृत कोठा अनुसार गमगढी बजारको लागि १० हजार, पुलु १२ सय क्वीन्टल, सोरुकोट २ हजार २ सय, खत्याडको रातापानी २ हजार र कालै डिपो केन्द्रमा ४२ सय ९९ क्वीन्टल मध्ये १ सय ७१ क्वीन्टल मात्र चामल ढुवानी हुदाँ उपभोत्ताको माग पुर्ती नभएको हो ।

यस्तै सदरमुकाम गमगढी बजारमा पनि दैनिक उपभोग्य सामान दाल, चामल, तेल, मैदा, सुजी, आटो, लगाएतका खाद्यन्न तथा जंकफुट अभाव हुन थालेको छ । नाग्म गगगढी सडक खण्डका दर्जनौ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकिएको कामना स्टोरका प्रोपाईटर बाँचुकला रावतले बताइन् । डेढ महिनासम्म सडक अवरुद्ध हुदाँ पनि सडक डिभिजन कार्यालय जुम्लाले सडक बनाउन ध्यान दिएको छैन । यसतर्फ प्रदेश तथा संघीय सरकारले पनि ध्यान नदिएको स्थानीयको आरोप छ ।

तपाईको प्रतिक्रिया