दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा कांग्रेसका शाही विजयी

सुर्खेत।   दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश कुमार शाही निर्वाचित भएका छन्। शाहीले ४०७० मत ल्याउँदा उनका निकटतम प्रविद्धन्द्धी नेकपा एमालेका सूर्य बहादुर शाहीले ३९९२ मत प्राप्त गरेका छन्।

त्यसैगरि नगर उपप्रमुख नेपाली कांग्रेसका मनसरा कुमारी शर्माले ४०३८ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रविद्धन्द्धी नेकपा एमालेका नन्दा कुमारी विष्टले ३९९६ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया