बराहतालका निवर्तमान पालिका अध्यक्ष बस्नेत वडा सदस्यमै पराजित

सुर्खेत । २०७४ को स्थानीय तहको निर्वाचनबाट बराहताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका नेपाली कांग्रेसका तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखको रुपमा आउन खोजेका बस्नेतलाई वडा नं. ८ का मतदाताले उनलाई वडामै हराई दिएका हुन । उनको यो हारसँगै जिल्ला समन्वय समितिमा जाने धोकोमा ‘व्रेक’ लागेको छ ।

उनले वडा सदस्यमा ५३९ मत ल्याउदा खुल्ला सदस्यमा नेकपा एमालेका प्रेम राज लिम्बुले ५९१ मतका साथ बस्नेतलाई हराई दिएका हुन् । बस्नेतले आफ्नो पाँच वर्षे कार्यकाल कार्यकर्ता मुखि भएको आरोपकै विच बिताए । जारी स्थानीय तह निर्वाचन २०७९ को मतगणना अनुसार बराहताल–८ बाट सदस्य पदका उम्मेदवार बनेका बस्नेतलाई मतदाताले सदस्यमै हराइ दिएका छन् । उज्यालो बराहतालको नारा लिएर २०७४ को निर्वाचन जितेका बस्नेतको कार्यकालमा बराहतालमा खासै परिवर्तन हुन सकेन ।
उनले उठान गरेको प्रमुख एजेण्डा पाँच वर्षभित्र उज्यालो बराहतालको नारा नै ओझेलमा प¥यो । उनको कार्यकालमा बराहतालका केही सिमित ठाउँहरु बाहेक अन्य ठाउँमा विजुली बल्न सकेन ।

शिक्षकबाट राजनीतिमा आएका बस्नेतले शिक्षा क्षेत्रमा पनि खासै सु्धार गर्न सकेनन् । उनको यस अवधिमा अति आवश्यक ठानिएका विद्यालयमा न भवन बन्न सेक न शिक्षामा सुधार हुन सक्यो ।
उदाहरणको लागि उनको घर नजिकैको वडा नं. १० मा रहेको नेरा मावि हल्दिखर्कलाई लिन सकिन्छ । यस विद्यालयमा न गतिला भवन छन् न शौचालय । यस्तै प्रदेश सरकारको लगानिमा वडा नं. ३ र ४ मा निर्माण हुन लागेको वृहत खानेपानी आयोजना तोकिएकै समयमा निर्माण गर्न ध्यानसमेत दिन सकेनन् अहिले यो आयोजना कछुवा गतिमा अगाडि बढेको छ ।

सडकका सन्दर्भमा उनको पाँच वर्षे अवधिमा एक मिटर पनि सडक कालोपत्रे हुन सकेन । जनप्रतिनीधिहरुले आफ्नो पालिका भवन बनाउने होड नै चालाएकोे बेला बस्नेतले गाउँपालिका भवनसमेत निर्माण गर्न सकेनन् । अहिले पालिका भवन साविकको कुनाथरी गाविसको पुरानो भवनबाट सञ्चालन भई रहेको छ ।
बस्नेतको अर्को असफलता भनेको गाउँपालिकाको केन्द्र तोक्नु हो । स्थानीय तह केन्द्रको हकमा पालिकाको पाएक पर्ने ठाउँमा बहुमत सदस्यको निर्णयले तोक्न सकिने प्राव्धान भए पनि उनले अपाएक ठाउँ पर्ने बड्डिचौरमा पालिकाको केन्द्र राख्न दवाव सिर्जना गरे । यसले पनि बराहतालका नागरीक बस्नेत प्रति रुष्ट छन् । बस्नेतका एक नजिकका मतदाताले भने ‘उहाँले पाँच वर्षे कार्यकालमा खासै काम गर्न सक्नु भएन त्यसैले मैले त उहाँलाइ भाेट नै दिइन ।

बड्डिचौर वडा नं. १, २, ३ र ४ का लागि अपाएक ठाउँ हो । यी वडाका नागरीकलाई बड्डीचौर पुग्न १ दिन लाग्छ । सुरुमा पालिकाको भवन ओदालतालमा राखिने भनिएको भए पनि बस्नेतकै कारण पालिकोको केन्द्र बड्डिचौरमा गएको स्थानीयहरुले आरोप लगाउँदै आएकका छन् । ओदालताल प्राय वडाको पाएक पर्ने ठाउँ हो । उनको अर्को असफलता हो सडकका नाममा ग्रामिण डोजरे सडक । उनको कार्यकालमा एक मिटर पनि सडक कालाेपत्रे भएनन्र । बराहतालका अधिकांश ग्रामिण भेगमा सडक खनिए । तर, ति सडक अहिले नमुनामा मात्र सिमिति छन् । उदाहरणका लागि वडा नं. २ हरिहरपुरबाट वडा नं. ३ केलाडी जोड्ने सडक हो ।

उनले यस सडकका लागि ठुलै वजेट खर्च गरे ता की यस क्षेत्रमा गाडि आवत जावत गर्न भेरी नदिमा पुलसमेत छैन । जसले गाडि नै नचल्लने यस क्षेत्रमा राज्यको करोडौं रकम खर्च भएको देखिन्छ । यस्तै वडा नं. ८ देखि वडा नं. ४ जोड्ने सडकको स्तरोन्तीमासमेत बस्नेत चुकेका छन् । यस सडकको स्तरोन्तीमा पालिकाले करिव एक करोड बढि वजेट खर्चेको थियो तर यो सडकको अवस्था भनि साध्य छैन । नालासहितको ग्राभेल गर्ने भनिएको भए पनि मापदण्ड विपरित ग्राभेल गरिदा पहिलेको भन्दा अहिले झन आवत जावतमा समस्या छ ।
यस्तै बस्नेतले आफ्नो कार्यकालमा आफ्नो घरमा जाने सडको समेत स्तरोन्ती गर्न सकेनन् । अहिले उनको घर जाने सडको दुरदशा जस्ताको त्यस्तै छ । बस्नेतको अर्को असफलता वडा नं. ५ मा निर्माण गरिएको सडक हो ।

वडा नं. ८ को मसिनाबाट वडा नं. ५ चेपाङ्ग जोड्ने सडकमा जिरो पोइन्ट मसिना हो । जिरो पोइन्ट मसिनाबाट सडक स्तरोन्ती गरिनु पर्नेमा उनकै दवावमा बीच खण्ड वडा नं. ८ को रानिवनबाट स्तरोन्ती गर्न लगाए यसले पनि उनकै गृह वडाबाट उनलाई धोका भएको देखिन्छ । यस्तै वडा नं. ३ मा रहेको सौर्य वायु उर्जाको मर्मतमा उनले ध्यानै दिन सकेनन् । पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको पहलमा निर्माण भएको सो वायु उर्जाको मर्मत गर्न करिव ६ लाख लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

तर, वायु उर्जा मर्मत नभई लाखौ रकम खर्चेर सोलार वितरण गरियो यसले पनि त्यहाँका नागरिक उनीप्रति रुष्ट थिए । २०७१ को बाढिबाट प्रभावित भएका नागरिकको उचित व्यवस्थापन तथा राहत वितरणमा समेत बस्नेतले कुनै निर्णायक भूमिका लिन सकेनन् । बाढि पीडितहरु अहिले पनि वडा नं. २ को गिरीघाट लगायतका ठाउँमा पाल टागेर बसि रहेका छन् ।

तपाईको प्रतिक्रिया