सुर्खेतकाे लेकबेशी नगरपालिकामा प्रमुखमा कांग्रेस विजयी

सुर्खेत। सुर्खेतकाे लेकबेशी नगरपालिकामा नगर प्रमुख मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । यस्तै उपमेयरमा नेकपा एमालेबाट विजयी भएका छन् । लेकबेशीका १० वटा वडामा नेपाली कांग्रेस ८ वटा वडा र एमाले २ वटा वडामा विजयी भएको छ ।

नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार उमेशकुमार पौडेल विजयी भएका हुन् । यस्तै उपमेयरमा नेकपा एमालेका बिमला खड्लुक मगर विजयी भएका छन् । लेकबेशी नगरमा ५ र ७ वडामा नेकपा एमालेका वडाअध्यक्ष र बाँकी १,२,३,४,६,८,९ र १० वडामा नेपाली कांग्रेस विजय भएको हो ।

वडा नम्बकर १ बाट हरिमान घले, २ मा चन्द्रबहादुर बुढा, ३ मा लिलाराम अधिकारी, ४ मा लोकेन्द्र थापा, ५ मा चक्रबहादुर शाही, ६ मा प्रतिमान बाकावल, ७ मा रुद्धबहादुर नेपाली, ८ मा टिकाराम छन्तेल, ९ मा माबहादुर सोमै र १० वडामा पर्शुराम भण्डार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया