जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीलाई ८१ मतले पछि पार्दै उनी मेयरमा विजयी भएका हुन्। कठायतले २ हजार ४०३ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी शाहीले २ हजार ३०२ मत पाएका छन्।

एमालेबाट उम्मेदवार धर्मेन्द्र रोकायाले १ हजार ५७० र माओवादीका जीवनबहादुर बुढाथापाले १ हजार ४२६ मत पाएका छन्। चन्दननाथको उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्का निर्वाचित भएकी छन्। उनले २ हजार ७७६ मत ल्याएकी छन्। प्रतिद्वन्द्वी एकीकृत समाजवादीका भिमबहादुर थापाले १ हजार ६७६ मत र माओवादीका पूर्णिमा कामीले १ हजार ६३३ मत पाएकी छन्।

तपाईको प्रतिक्रिया