स्थानीय तह निर्वाचन–२०७९

आठबीसमा बुहारी बनेर गएकी थापालाई उपप्रमुख पद उपहार

सुर्खेत । बुहारी बनेर आठबीस गएको एक वर्ष भित्रैमा नगरवासीले कल्पनाकुमारी थापालाई उपमेयरमा अनुमाेदन गरिदिएका छन् । आगामी पाँच वर्षका लागि भएको स्थानीय तहको निर्वाचन–२०७९ मा दैलेखको आठबीस नगरपालिकाको उपमेयरमा थापालले ५११३ मत ल्याएर विजयी भएकी हुन् ।

२०४७ सालमा दैलेखको साविक काँशीकाँध गाविस हाल महाबु गाउँपालिकामा जन्मिएकी थापा हुर्केएको, पढेको भने दैलेखको नारायण नगरपालिका–७ किमुगाउँमा हो । सानै उमेरदेखि राजनीतिमा आस्था र विचार राख्ने थापाले किमुगाउँमा रहेको बसन्त माविबाट आफ्नो पढाईको सुरुवात गरेकी हुन् । थापाको सबै परिवार बसाईं–सराईं गरेर काँसीकाँधबाट नारायण नगरपालिका आएका थियाे । कल्पनाको राजनीतिक यात्रा भने स्कुलमा पढ्दै गर्दा शुरू थियो । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट कक्षा सातमा पढ्दै गर्दा १२ वर्षको उमेरमा पहिलो पटक संगठनको सदस्यता लगेकी हुन् ।

 

त्यती बेलाको समयमा थापा दैलेखको नारायण नगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा कक्षा सातमा अध्ययनरत थिइन् । सानै उमेरबाट राजनीतिमा होमिएकी थापा संगठनलाई विस्तार गर्नका लागि गाउँ–गाउँ समेत पुग्दै आएकी थिइन् । उक्त समयमा दैलेख जिल्लाका सबै ठाउँमा पुगेर थुर्पै संगठन विस्तार गरेको थापाले नेपालीरैबारलाई जानकारी दिइन ।

‘संगठन विस्तारका लागि टोल अर्थात् विद्यालयमा पुग्न दुईतीन दिन हिँडेर गन्तव्यमा पुग्थे,’ थापाले भनिन् ‘फोन हुँदैन् थियो । सवारी साधन नहुँदा गाउँ–गाउँमा संगठन विस्तारमा पुग्नका लागि कयौं घण्टा भोक–भोकै हिड्यौं । गाउँमा कहाँ बस्ने के खाने जस्ता समस्या आइरहन्थ्ये । दैलेखका पश्चिम विशाला, लकान्द्र, पिपलकोट, सिंहासैन, छेपाडी, राकमकर्णाली लगायतका दुर्गम क्षेत्रमा पनि भोक-तिर्खा, रात-दिन नभनेर संगठन विस्तार गरेका यादहरु अझै पनि ताजै छन् । तर आज संयाेगले कुनै बेला संगठन विस्तारमा पुगेकाे आसविसकै बुहारीहुँदा यहाँ नागरिकहरुले जनमत दिएर जिताइदिनु भएकाे छ । याे जनमतकाे अपमान गर्ने छैन् यहाँका नागरिकहरुकाे पीडालाई सम्बाेन्धन गर्ने अवराेत्र खटिने छु ।’

यस्तै, कल्पनाले आफ्नै घरमा दाईसँग भने राजनीतिमा कडा प्रतिस्पर्धा लागि टकराव समेत चल्ने गर्दथ्यो । घरको माइलो दाई नेपाल विद्यार्थी संगठन र बहिनी अखिल तिर हुँदा घरभित्रैबाट राजनीति शुरू भयो । यसले गर्दा आफुलाई नेतृत्वमा पुग्न थप बल पुगेको थापा बताउँछिन् ।

यीनै थापालाई आठबीसवासीले उपमेयरमा विजयी बनाएका छन् । थापाले बिबाह गरेको एक वर्ष भयो । एक वर्षभित्रै को समयमा उनले आठबीस नगरवासीको मन जित्न सफल भएकी छन् । सानै उमेरदेखि विद्यार्थी राजनीतिबाट दैलेखका गाउँ–गाउँमा पुगेर विद्यार्थी संगठन बनाउँदादेखि नै थापाको पार्टी प्रतिको इमान्दारिता र लगनशिलता देखेर आठबीसका आम नागरिकले छोटो समयमै पत्याएका हुन् । उपमेयरमा थापा मत प्राप्त गरेर उपमेयरमा विजयी भएकी हुन् । भने कल्पनाले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निशा थापालाई पराजित गरेकी छन् । कांग्रेसकी निशाले मत प्राप्त गरेकी छन् ।

यो पनि

यस्ता छन्, आठबिसको उप–मेयरमा सिफारिस उम्मेदवार थापाका चुनावी प्रतिबद्धता

को हुन् एमालेबाट दैलेख आठबीसको उप–मेयरमा सिफारिस कल्पना?

तपाईको प्रतिक्रिया