वीरेन्द्रनगरका १३ वटा वडामा गणना सकियो- कसले जित्यो कति?

सुर्खेत। कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्मको मतगणनाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ। वीरेन्द्रनगरमा कांग्रेसबाट मेयर र माओवादी केन्द्रबाट उपमेयर उम्मेदवार छन्। एमाले, राप्रपा, एकीकृत सामाजवादी लगायत दलहरू दुवै पदमा एक्लै लडिरहेका छन्।

अहिलेसम्मको गणनाअनुसार एमालेकी मेयर उम्मेदवार मोहनमाया भण्डारी कांग्रेसका उपेन्द्रबहादुर खड्काभन्दा १ सय २५ मतले अगाडि छन्। भण्डारीले १२ हजार ४३५ मत ल्याएकी छन् भने खड्काले १२ हजार ३ सय १०  मत पाएका छन्। राप्रपाका उम्मेदवार मुकुन्दश्याम गिरीले ६ हजार ८ सय ४७ मत पाएका छन्।

मतगणना सकिएका ११ मध्ये ८ वडामा एमालेले जितेको छ भने ५ वटामा कांग्रेसले जितेको छ। मतगणना सकिएका वडाहरू १, २, ३, ४, ५, ६, ७, ११, १२, १३, १४, १५ र १६ हुन्। तीमध्ये १६, १४, ११, १२, ५, ४, ३ र २ मा एमालेले वडाध्यक्ष जितेको छ भने १, ६,७,  १३ र १५ मा कांग्रेसले जितेको छ।

तपाईको प्रतिक्रिया