सुर्खेतको चौकुनेमा कांग्रेस – माओवादी गठबन्धन विजयी

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन विजयी भएको छ। बुधबार साँझ आएको अन्तिम मतपरिणाममा माओवादी केन्द्रका खडक बिक अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्तोलाले जित हात पारेका छन्।

बिकले एमाले उम्मेदवार हरि अधिकारीलाई दुई हजार मतान्तरले हराएका हुन्। बिकले ५४७६ मत पाए भने अधिकारीले ३४१४ मत ल्याए। उपाध्यक्षमा बान्तोलाले ४७९१ मत ल्याए भने एमालेकी उपाध्यक्ष उम्मेदवार निर्मला राना मगरले ३००९ मत पाइन्।

मगर २०७४ मा उपाध्यक्ष निर्वाचित भएकी थिइन्। त्यतिबेला अध्यक्ष पनि एमालेले जितेको थियो।

तपाईको प्रतिक्रिया