भेरीगंगामा एमालेले भत्कायो कांग्रेसको गढ, प्रमुखमा ढकाल विजयी

सुर्खेत । भेरीगंगा नगरपालिकामा कांग्रेसको गढ भत्काउँदै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर प्रवेशद्वाराको नगरपालिका भेरीगंगाको प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल विजयी भएका हुन् । ढकालले १००१२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद सिंहले ९७९७ मत ल्याएर परजाित भएका छन् ।

भेरीगंगामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसविच चुनावी गठबन्धन भएकाे पालिका हाे ।  उपप्रमुखमा पनि एमालेका धनसरा बोहोरा विजयी भएकी छन् । बाेहाेराले ९६१४ मत ल्याएर विजयीहुँदा गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्दका नन्दबहादुर कार्की ८९१३ मत ल्याएर पराजित भएका छन् ।

१३ वडा रहेकाे भेरीगंगाकाे आठ वडामा नेपाली काँग्रेस,  तीन वडामा नेकपा एमाले र दुई वडामा नेकपा ‍‌माओवादी केन्द्र विजयी भएका छ । वडा नम्बर १ काे वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेश पुलामी मगर (३३३), ३ मा जीतबहादुर सुनार (६०८), ६ मा लालसिं बुढाक्षेत्री (५२४), ७ मा कर्णबहादुर मिजार (५२२), ८ मा पुसे कामी (९२४), ९ मा प्रेमबहादुर बुढा (८५७), १० मा वीरबहादुर बस्नेत (१०२७) र १२ मा रामबहादुर डाँगी (९७५) विजयी भएका छन् ।

यस्तै नेकपा एमालेबाट वडा नम्बर ४ काे वडाध्यक्षमा गंगाबहादुर खत्री (९५१), ५ मा प्रेमबहादुर सारु  (५२४) र ११ मा जयबहादुर नेपाली (१११६) विजयी भएका छन् । माओवादीले भने वडा नम्बर २ काे वडाध्यक्षमा चिरन्जीवी बुढा (५०७) र  १३ मा गणेशबहादुर  भण्डारी (१००६) मत ल्याएर विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया