अन्तत ढकाल बनिन् वीरेन्द्रनगरको मेयर

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल विजयी भएकी छन् ।

स्थानीय तह निर्वाचनको जारी अन्तिम मतगणना अनुसार नेकपा (एमाले) की ढकालले कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्रबहादु खड्कालाई पराजित गरेकी हुन् । ढकालले १६०३८ मत प्राप्त गरी विजयी हुँदा उनका निटतम् प्रतिद्वन्द्वी खड्काले १५४८४ मत प्राप्त गरी पराजित भए ।

ढकाललले खड्कालाई ५५४ मत अन्तरले पराजित गरिन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले १०००६ मत प्राप्त गरी पराजित भए । ढकाल निर्वतमान उपमेयरसमेत हुन् । यस्तै, उप-प्रमुखमा पनि एमालेका निलकण्ठ खनाल विजयी भएका छन् । उनले २०३६४ मत ल्याएर विजयी हुँदा गठवन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११५३३ ल्याएकी छन् । यस्तै राप्रपाकी लक्ष्मी कुमारी सार्की ३६९७ गरेकी थिइन । खनाल पनि वीरेन्द्रनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्षसमेत हुन् ।

तपाईको प्रतिक्रिया