स्थानीय तह निर्वाचन–२०७९

६८२ पालिकाको अन्तिम नतिजा: कांग्रेस ३००, एमाले १८५, माओवादी ११७, अन्य दलले कति जिते ?

काठमाडौं।  वैशाख ३० गते निर्वाचन भएका देशभरका स्थानीय तहको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगको तथ्यांकअनुसार शनिबार विहानसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८२ स्थानीय तहको नतिजा आइसकेको छ।

नेपाली कांग्रेसले ११९ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०३ स्थानीय तहको नेतृत्व पाएको छ। नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिका गरी १८५ मा जित हासिल गरेको छ। माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी ११७ वटा पालिका जितेको छ।

एकीकृत समाजवादी पार्टीले ९ पालिका जितेको छ भने जनता समाजवादी पार्टीले १८ पालिकाको नेतृत्व पाएको छ। राप्रपाले ५ वटा पालिका जितेको छ। स्वतन्त्र तथा अन्य दलले ५० वटा पालिका जितेका छन्। मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले २३ पालिकामा अग्रता बनाएको छ। एमाले १९ पालिकामा अघि छ। माओवादी ४, एकीकृत समाजवादी २, जसपा ४ पालिकामा अगाडि छन्। स्वतन्त्र र अन्य दलको १५ पालिकामा अग्रता राखेका छन्।

तपाईको प्रतिक्रिया