काठमाडौं महानगरपालिका बालेनले कटाए ३५ हजार मत

काठमाडौं।  वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन्।

उनले ३५ हजार ३ सय ७४ मत ल्याउँदा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित रहेका छन्। स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन्। गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत पाएकी छन्। अहिले ७,९,१०,११,२४,२५,२६,२७ र ३१ वडाको गणना जारी रहेको छ।

तपाईको प्रतिक्रिया