स्थानीय तह निर्वाचन–२०७९

७११ स्थानको नतिजा सार्वजनिक, कसले कति जिते ?

काठमाडौं।  वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिमतिर पुगेको छ। ७५३ स्थानीय तहका लागि जनप्रतिनिधि चयनका लागि भएको निर्वाचनबाट अहिले सम्म ७११ जना चयन भएका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार ४० स्थानीय तहको मतगणना जारी रहेको छ भने दुई स्थानीय तहको गणना भएको छैन। ३१४ स्थानीय तहमा जित्दै नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्दा नेकपा एमालेले १ सय ९१ स्थानीय तहमा जित निकालेको छ।

काठमाडौंसहितका ५ महानगरमा मतगणना सकिन अझै केही दिन लाग्ने देखिएको छ। नेकपा माओवादी केन्द्रले १२० स्थानीय तहमा जितेको छ। जनता समाजवादी पार्टीले २१ स्थानीय तहमा जितेको छ। एकीकृत समाजवादीले ९ र अन्यले ५६ स्थानीय तहमा जित निकालेको छ।

मतगणना भइरहेका स्थानीय तहमध्ये १५ मा नेकपा एमालेको अग्रता रहँदा कांग्रेस १०, माओवादी र समाजवादी २ र अन्यले ११ स्थानीय तहमा अग्रता लिइरहेको छ। २०७४ मा एमालेले २९४ स्थानीय तहमामा जित निकाल्दा कांग्रेसले २६६ र माओवादी केन्द्रले १०६ स्थानीय तहमा जित निकालेको थियो।

तपाईको प्रतिक्रिया