बराहतालले प्रत्येक ६ महिनामा विशेषज्ञसहितको स्वास्थ्य घुम्ति शिविर सञ्चालन गर्ने

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाले पत्येक ६ महिनामा विशेषज्ञसहितको स्वास्थ्य घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । सोमवार कार्यभार सम्हाल्दै बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले यस्तो निर्णय गरेका हुन् ।

निर्णय अनुसार पालिकाको भुगोल र आश्यकतालाई ध्यानमा राखि आम पालिकावासीको स्वास्थ्यमा ख्याल राख्दै प्रत्येक ६ महिनामा एक पटक सबै वडामा विशेषज्ञसहितकोे स्वास्थ्य घुम्ति शिविर संचालन गरिनेछ ।

यस्तै, पालिकामा हाल कायम रहेका राजश्व शुल्क तथा दस्तुरमा पचास प्रतिशत छुट दिने निर्णयसमेत भएकको छ । साथै राजश्वको दायरा बढाई पालिकाको आन्तरिक आम्दानी बढाउने तर्फ जोड दिइने छ ।

भौगोलिक हिसावले पालिकाका सवै वडाका नागरीकले सहज स्वास्थ्य सेवा लिन नपाउँदा घातक रोगभन्दा पनि सामान्य रोगबाट ज्यान गुमानु पर्ने बाध्यताको अन्त्य गर्दै सबै पालिकावासी माझ निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन आफूले यस्तो निर्णय गरेको भण्डारीको भनाई छ ।

तपाईको प्रतिक्रिया