राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ कर्णाली अध्यक्षमा भट्टराई

सुर्खेत । राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ कर्णाली प्रदेशको अध्यक्षमा सुर्खेतका विष्णप्रसाद भट्टराई चयन भएका छन् । सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको महासंघको पहिलो भेलाले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा मनराज कठायत (कालीकोट), कोषध्यक्षमा डिलसरा रावल (सुर्खेत), सचिवमा डिलसरा बोहोरा (रुकुमपश्चिम) र सह–सचिवमा हरीलाल विक (कालीकोट) चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा निर्मला रिमाल (मल्ल) (दैलेख), पवित्रा विक (सल्यान), नन्दप्रसाद चौलागाईं (सुर्खेत), रामबहादुर कामी (सुर्खेत), रत्नबहादुर थापा (सुर्खेत) र विमला बुढा (जाजरकोट) सर्वसम्मत चयन गरिएको महासंघका केन्द्रीय कोषाअध्यक्ष देविदत्त आचार्यले जानकारी दिए ।

यस्तै, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग र महासंघको आयोजनामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि कर्णाली प्रदेश स्तरीय एक दिवसीय अभिमूखिकरण कार्यक्रम समते गरेको छ ।

उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको नीतिगत व्यवस्था, शारीरिक च्यान्ज तथा मुमेन्टका बारेमा अभिमूखिकरण गरिएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया