चिङ्गाडका जनप्रतिनिधिकाे पहिलाे निर्णय : पालिका भित्रको एक विद्यालयलाई नमूना बनाउने

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकाले गाउँपालिकामा एउटा विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी र उपाध्यक्ष मिनाकुमारी रोकायले सोमबार पदभार ग्रहण गरेका छन् । उक्त पदभार ग्रहण गरेसँगै पहिलो निर्णयका रुपमा गाउँपालिका भित्र एक वटा नमूना विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हुन् ।

गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालय मध्य एक विद्यालय छनौट गरी प्राविधि शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना अध्यक्ष जिसीले जानकारी दिए । उनले भने, ‘पालिकाको पहिलो निर्णय भनेको नमूना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । नमूना विद्यालय सञ्चालनका लागि निश्चित कार्यविधि बनाइने र सोही अनुसार कार्यक्रम सञ्चालन गर्ने र्छौ ।’

यस्तै, पालिकाकाले चिङ्गाडका ६ वटै वडा जोड्ने चक्रपथ निर्माण गर्ने पनि निर्णय गरेको जनाएकोम छ ।

तपाईको प्रतिक्रिया