रुकुम पश्चिमको सोती नरसंहारकाे स्मरणमा माइतीघरमा खबरदारी कार्यक्रम 

सुर्खेत । २०७७ साल जेठ १० गते पश्चिम रुकुमको सोतीमा भएको नरसंहारकोविरुद्ध मंगलबार काठमाडाैँकाे माइतीघर मण्डलामा खबरदारी कार्यक्रम सम्पन्न भएकाे छ ।

संयुक्त संघर्ष समितिको आयोजनामा भएकाे खबरदारी कार्यक्रममा दलित नागरिक समाजका संयोजक मोतीलाल नेपाली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, अधिवक्ता दिनेश त्रिपाठी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा मृतक नवराज बिकसहित ५ जना मृतकका आमाहरूको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया