जनप्रतिनिधी र कर्मचारीकाबीच समन्वयको आवश्यक

सल्यान । जिल्लाको कपुरकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षले विषयगत शाखाका कर्मचारीसंग छलफल गरेका छन् । सोमबार भएको छलफलमा गाउँपालिकामा बसोबास गर्ने नागरिकले सेवा सुविधा र विकासका लाभको अनुभुती गर्नेगरी जनप्रतिनिधि र कर्मचारीकाबी समन्वय र हातेमालोको आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

छलफलमा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले साझा प्रयासबाट अघि बढ्नुपर्नेमा जोड दिदै कार्ययोजना बनाएर जिम्मेवार पूर्वक काम गर्न र्मचारीहरुलाई आग्रह गरे। उनले गाउँपालिकामा बाह्य लगानी भित्राउनका लागि आफु लागि पर्ने जनाउदै लैंगिक उत्तरदायी बजेट निर्माण गरेर अघि बढ्ने बताए ।

यस्तै, गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले नयाँ उत्साह र उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले विषयगत शाखाहरुलाई क्षमतावान बनाउने, कर्मचारी क्षमता बृद्धि गर्ने र योजना अनुगमनको प्रभावकारीता बृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जनप्रतिनिधि र कर्मचारीको अन्योन्याश्रित सम्बन्धबाट सेवा प्रवाह र जनचाहना बमोजिमको कार्यसम्पादन हुनेमा विश्वास ब्यक्त गरे । यसका लागि कर्मचारीको तर्फबाट जनप्रतिनिधीलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उनले कर्मचारीको हितका निम्ती लागिपर्ने बताए ।

तपाईको प्रतिक्रिया