वीरेन्द्रनगरबाट लागूऔषधसहित २ जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ शनिहलबाट लागूऔषधहित दुई जना पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३५ वर्षीय विकाश गौतम र वीरेनद्रनगर–९ का २९ वर्षीय दिपक थापा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा ४० मिलिग्राम शुद्व ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ (लागूऔषध) बरामद गरेको छ ।

हाल २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कार्यालय सुर्खेतमा राखिएको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया