बाँकेबाट लागूऔषधसहित वीरेन्द्रनगरका २ जना पक्राउ

सुर्खेत । बाँकेमा लागूऔगाधसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका दुई जना पक्राउ परेका छन् । मंगलबार साझ ७ बजेको समयमा भारतको रुपडियाबाट नेपालगञ्ज आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ का १८ वर्षीय रोहित र सन्जु परियार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ६ फाईल (९० ट्याबलेट) नाइट्रोजेपाम र दुई फाईल (२० ट्याबलेट) ट्रामवेल गरी जम्मा ११० ट्याबलेट बरामद गरेको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी वरिष्ठ नायव निरीक्षक माधवप्रसाद रिजाल र लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव निरीक्षकको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया