पोखरा १२ मा वडाध्यक्ष आमाद्वारा वडाध्यक्ष छोरालाई पद हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिकाको वडा नं १२ मा कार्यवहाक वडाध्यक्ष सीता बास्तोलाले नवनिर्वाचित अध्यक्ष सन्तोष बास्तोलालाई पदभार हस्तान्तरण गरेकी छन्।

पूर्व अध्यक्ष सीता र नवनिर्वाचित अध्यक्ष सन्तोष आफ्नै आमा-छोरा हुन्। यसअघिका वडाध्यक्ष रामबहादुर कार्की काम विशेषले देशबाहिर छन्। त्यसपछि सीतालाई कार्यवहाक जिम्मेवारी दिएका थिए।

उनै सीताका छोरा सन्तोष अहिलेको चुनावमा निर्वाचित भए। आज शुक्रबार एक कार्यक्रमका बीच आमा सीताले छोरा सन्तोषलाई फूलको बुकी दिएर कामको जिम्मेवारी हस्तान्तरण गरेकी छन्।

संयोगवश उनले आफ्नै आमाको उत्तराधिकारी बन्ने सौभाग्य पाएका हुन्। पदभार सम्हाल्दै वडाध्यक्ष सन्तोषले वडा नं बराबरको निर्णय गरेका छन्।

उनले वडाका मुख्य चोकमा सीसीक्यामेरा राख्ने, पहिलो तलब दुर्गा मन्दिर निर्माणमा सहयोग गर्ने, शितलादेवी मन्दिरमा सार्वजनिक शौचालय निर्माण गर्ने, मुख्य सडकमा रंगरोगन गर्ने निर्णय गरेका छन् भने वडाभरिका बाटोको खाल्डा टाल्ने, नाली सफा गर्ने, बिजुलीका पोलमा नयाँ बत्ती व्यवस्था गर्ने निर्णय भएको बास्तोलाले जनाए।

तपाईको प्रतिक्रिया