कर्णालीमा कृषि क्षेत्र विकास कार्यक्रम गरिने, रामघाटमा विमानस्थलको निर्माण

सुर्खेत। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले गरेको बजेट भाषणमार्फत कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम गरिने बताएका हुन् ।

अर्थमन्त्री शर्माले कृषि क्षेत्र विकास कार्यक्रमका लागि सातै प्रदेशमा ५५ अर्व ९७ करोड बजेट छुट्टाएको बताए । यस्तै, सुर्खेतमा जटिबुडी प्रशोदन लागि उद्योगको स्थापना गर्ने, कर्णालीको फापर, कोदो, गहुँ, जौँको प्रशोदन , सुर्खेतमा रहेको बहुमुल्य पत्थरलाई सञ्चालनमा ल्याईने योजना बजेटमा समेटिएका छन् ।

मुगुमा पर्यटकिय क्षेत्र बनाउँनका लागि बजेटको आवश्यक बजेटको व्यवस्थापन गरिएको अर्थमन्त्री शर्माले बताए । मुगुको रारा, डोल्पा शेःफोक्शुन्डो, हुम्लाको लिमीलाई पर्यटकिय स्थलबनाउँनका लागि सडकबाटो मर्मतका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको बजेटमा समेटिएको छ । यस्तै, सुर्खेतको रामघाटमा विमानस्थलको निर्माण गरिने भएको छ ।

तपाईको प्रतिक्रिया