२५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता

काठमाडाैँ । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने घाेषणा गरेकाे छ। आव २०७९/८० काे बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन्।

उनले बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको बताए। सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हाे।

तपाईको प्रतिक्रिया