सुर्खेत ।सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई दिइदै आएको बृद्ध भत्ता अब ६८ वर्षमै पाइने भएको छ।
हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले पनि वृद्ध भत्ता पाउनेछन्।
केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा उक्त योजना समेटिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन्।
नेपालीरैबार । २०७९ जेष्ठ १५, आईतवार