बर्दियाको राजापुर नगरपालिकामा आईतबार बिदा नहुने

बर्दिया।  केन्दीय सरकारले जेठ देखि लागू गरेको साताको दुई दिन बिदा दिने निर्णय अनुसार आईतबार हुँदै आएको सार्वजनिक बिदा बर्दियाको राजापुर नगरपालिकाले नमान्ने भएको छ।

सोमबार कार्यपालिकाले पूर्णता पाएपछि सेवाग्राहीलाई सेवासुविधा पुर्याउने हेतुले राजापुर नगरपालिकाले आईतबार सार्वजनिक बिदाको दिन पनि पालिका मातहतका कार्यालय खुला गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको हो।

बुधबार देखि लागू हुनेगरी कार्यालयहरू साविक समयअनुसार सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी द्वारा हस्ताक्षरित सूचना मार्फत जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया