लेक लागेर प्रहरी हवल्दारको मृत्यु

सुर्खेत । मुगुको कार्मारोङ गाउँपालिका-२ ठुलिकोशी रिमारमा एक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ ।

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मंगलवार बिहानदेखि टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या भएको र सीमा प्रहरी चौकी मुगुमा ल्याइ उपचारको लागि निजलाई हेलिकप्टरबाट उद्धार गरी कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

कोहलपुर मेडिकल कलेजमा आज दिउँसो सवा २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया