शान्ति समाज सुर्खेतद्वारा मानव सेवा आश्रममा भोजन सेवा

सुर्खेत । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज सुर्खेतले मानव सेवा आश्रममा भोजन सेवा गराएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्थापित आश्रममा आश्रित ७२ जना मानिसहरुलाई समाज सुर्खेतले बिहिबार आश्रम स्थापना दिवसका असरमा भोजन गराएको हो ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव पुष्पा मल्लले समाज सुर्खेत शाखाले स्थापना दिवसको अवसरमा सामाजिक भावनाका साथ मानवता अगाडि बढाउनको लागि अनुकरणीय कार्य गरेको बताईन् ।

यस्तै, कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाका सभापति प्रकाश शाहीले संस्था स्थापना भएको २७ औँ वर्षमा पवेश गरेको उपलक्ष्यमा सत्यता कायम राख्नका लागि र थोरै सेवामा धेरैको सेवा गर्नका लागि र मानवताको भावना बढाउनको लागि मानव सेवा आश्रममा एक दिन बराबरको खाना खुवाएको बताएका छन ।

यस्तै, समाज सुर्खेतका जिल्ला उप-सभापति प्रेमबहादर भण्डारी,सचिव दिपक गौतम लगाएतका सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया