७५३ स्थानीय तहको यस्तो छ बजेटको अनुदान

काठमाडौं। आर्थिक वर्ष २०७९/०८०को बजेटमा सरकारले प्रदेश र स्थानीय तहलाई अनुदान पठाएको छ। ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहले पाउने अनुदान वित्तीय हस्तान्तरणमार्फत् पठाएको हो।

यो वर्ष अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट केन्द्रले स्थानीय तहमा पठाएको छ। समानीकरण अनुदान अन्तर्गत १ खर्ब २३ करोड, सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड र समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको बजेटमा उल्लेख छ। ६ महानगरमध्ये यसवर्ष सर्बभन्दा धेरै बजेट पोखरा महानगरले पाएको छ। पोखराले काठमााडौंकोभन्दा धेरै बजेट पाएको हो।

तपाईको प्रतिक्रिया