स्वतन्त्रबाट पालिका अध्यक्ष जितेका माओवादीका नेता केसी पार्टीमै फर्किए

कालिकोट । कालिकोटको सानी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी पुनः पार्टीमै फर्किएका छन् ।

नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएर जितेका अध्यक्ष केसी गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीका डम्बरबहादुर शाहीलाई पराजित गर्दै बागी उम्मेदवारी दिएका केसी निर्वाचित भएका थिए ।

पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएर जितेका केसीले शाहीलाई ४८५ मतले पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर जितेपछि केसी बुधबार र बिहीबारको पार्टी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं गएका छन् । माओवादीले जितेका कुल स्थानीय तह १२२ पुगेको छ ।

तपाईको प्रतिक्रिया