सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने भएको छ ।
२८ अर्बको बजेट ल्याउने तयारीमा रहेका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले अधिकांश पुराना योजना कार्यान्वयन गर्ने नीति ल्याइने बताएका छन् ।
‘विगतका अधुरा कामहरु पूरा गर्ने योजनाअनुसारका नीति ल्याउँछौं’, उनले भने, ‘हरेक मन्त्रालयमा बजेट घटेर आएको हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना अत्यन्तै न्यून छ ।’
नेपालीरैबार । २०७९ जेष्ठ २१, शनिबार