सुर्खेतका नौ पालिकाले कति-कति पाए बजेट ?

सुर्खेत। संघीय सरकारले कर्णालीका ७९ ओटै पालिकामा आगामी आर्थिक वर्ष २०७९–८० का लागि बजेट पठाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ८१ करोड २२ लाख बजेट पाउँदा गुर्भाकोट नगरपालिकाले ५१ करोड ८६ लाख पाएको छ । पञ्चपुरी नगरपालिकाले ४३ करोड ९९ लाख बजेट पाउँदा लेकबेशी नगरपालिकाले ४४ करोड ४२ लाख बजेट पाएको छ । भेरीगंगा नगरपालिकाले ४७ करोड २९ लाख बजेट पाएको हो ।

गाउँपालिकातर्फ चिङ्गाडले २६ करोड ७५ लाख बजेट पाउँदा चौकुनेले ३८ करोड ३६ लाख बजेट पाएको छ । त्यस्तै, बराहताल गाउँपालिकाले ४० करोड ७३ लाख बजेट पाउँदा सिम्ता गाउँपालिकाले ४१ करोड ४२ लाख बजेट पाएको हो ।

तपाईको प्रतिक्रिया