कलाकार खगेन्द्र नेपाललाई राष्ट्रिय लोक नृत्य सम्मान

सुर्खेत । परिमल स्नेही स्मृति राष्ट्रिय लोक नृत्य २०७८ बाट कलाकार खगेन्द्र नेपाललाई सम्मान गरिएको छ । बर्दियामा बसेर कला संस्कृतिको जगेर्ना गर्दै आएका नेपाललाई सुदूरपश्चिम प्रदेशमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

नेपाललाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सम्मान गरेका हुन् । दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार पोखराका वरिष्ठ साहित्यकार प्रा.डा. कुसुमाकर न्यौपाने, भोजराज–हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार धनगढीका नृपबहादुर ओडले पाएका छन् ।

यस्तै, कैलाली जनपुस्तकालय पुरस्कार टिकापुरका समाजसेवी धनञ्जय तिमिल्सिना, हर्ष–पार्वती राष्ट्रिय लोक संस्कृति पुरस्कार अछामका कलाकार प्राज्ञ यज्ञराज उपाध्याय, पूर्ण–कृष्ण स्मृति राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार कवि मनिराज जोशीले पाएका छन् ।

तिलोत्तमा राष्ट्रिय शैक्षिक साधना पुरस्कार कञ्चनपुरका गोपाल दत्त बडू,सावित्री–कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार डोटीका पूर्णानन्द ओझा, सूर्यप्रसाद–विष्णुदेवी राष्ट्रिय साहित्य पुरस्कार बैतडीका वासुदेव पाण्डेय प्रभाकर र यज्ञराज यात्री राष्ट्रिय साहित्य साधना पुरस्कार महेन्द्रनगरका वीरबहादुर चन्दले पाएका छन् ।

चित्रबहादुर कार्की स्मृति राष्ट्रिय समाजसेवा पुरस्कार हेमराज ओझा, विशिष्ट शिक्षासेवी राष्ट्रिय सम्मान धनगढीका प्रा.शिवराज श्रेष्ठ, पहलमानसिंह स्वार स्मृति राष्ट्रिय सम्मान खेमराज पाण्डेय, द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मान राजयोगिनी ब्रम्हाकुमारी हीरा, देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृति सम्मान सुरत रावत डोटेली कान्छा। एन्डी प्रकाश चटौत स्मृति राष्ट्रिय सम्मान उदयबहादुर महताले पाएका छन् ।

तपाईको प्रतिक्रिया