आईपीएल टोली यूएई प्रस्थान

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने टोलीहरु संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । सेप्टेम्बर १९ बाट सुरु हुन लागेको प्रतियोगिताका लागि आईपीएलका टोलीहरु त्यसतर्फ गएका हुन् ।

आईपीएलका लागि हालसम्म तीन टोली प्रस्थान गरिसकेको बताइएको छ । जसमा किंग्स इलेभेन पन्जाब, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स यूएई पुगेका हुन् । आज (शुक्रबार) मुम्बई इन्डियन्स, चेन्‍नई सुपर किंग्स र रोयर च्यालेन्जर्स बेंगलोरको टिम यूएई पुग्‍नेछन् ।

कोरोनाको महामारीकाबीच यूएई पुगेका खेलाडीहरु कम्तिमा एक साता क्‍वारेन्टिनमा बस्‍नेछन् । कोरोना परीक्षण गरी यूएई प्रस्थान गरेका टोलीहरु पुनः तेस्रो र छैटौ दिन कोरोनाको परीक्षण गरेर प्रशिक्षणका लागि फर्कनेछन् ।

आईपीएलका ६० खेल यूएईका तीन सहर दुबई, अबुधाबी र सारजाहमा ५३ दिनसम्म चल्नेछ । प्रतियोगिताका दौरान हरेक ५ दिनको अन्तरमा खेलाडी र सहयोगी स्टाफको कोरोना परीक्षण गरिनेछ ।

तपाईको प्रतिक्रिया