आइएचएनओले जापानमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं । आईएचएनओले जापानमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। विभिन्न देशबाट उच्च शिक्षा अध्ययनका लागि जापान पुगेका विद्यार्थीलाई छात्रवृत्ति दिने आइएचएनओले जनाएको छ।

जापानमा ३ लाखभन्दा विद्यार्थी अध्ययनरत छन्। पार्टटाइम गर्दै कलेज तथा आफ्नो जीवनयापनको खर्च चलाउने विद्यार्थीलाई राहत दिने उद्देश्यले छात्रवृत्ति दिन लागिएको आईएचएनओका प्रमुख योसिहारु कोमियामाले बताए।

विद्यार्थीलाई जापानमा पढ़न सहज होस् भन्ने उदेश्यले छात्रबृत्ति प्रदान गर्दै आएको कोमियामाले बताए। जापानमा पढ़ने धेरै जसो विद्यार्थी जापानमै काम गर्न चाहेको पाइएको छ। तर पढ़ाई सकेपछि जापानमा वर्किङ भिसा प्राप्त गर्ने विद्यार्थी ५०५ जना छन्। गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओले नेपाली विद्यार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गर्ने भएको छ। आवेदन सेप्टेम्बर १६ सम्ममा आईएचएनओको ठेगानामा पोष्ट गरिसकेको हुनुपर्ने छ।

उक्त छात्रवृत्तिका लागि गत जुलाई ३१ मा एनआरएनए जापानको तर्फबाट अध्यक्ष देबिलाल भण्डारी र आईएचएनओको तर्फबाट प्रमुख योसीहारु कोमियामाले सहमति पत्रमा संयुक्त हस्ताक्षर गरे। छात्रवृत्ति वितरणमा समन्वयकारी भूमिका निर्वाह गर्नका लागि एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बानियाको नेतृत्वमा १५ सदस्य टिम बनाइएको छ। तोकेको मापदण्डभित्र परेमा मात्र छात्रवृत्तिका लागि योग्य हुने प्रवक्ता सिद्धार्थ श्रेष्ठ बताए।  जापान अध्यागमनका अनुसार नेपालबाट २८ हजार २ सय ६८ जना विद्यार्थी जापान पुगेका छन्।

तपाईको प्रतिक्रिया