भारतले छोड्यो रुपैडियामा रोकेका तेल बोकेका ट्यांकर

६० हजार लिटर पेट्रोल भोली सुर्खेत आइपुग्ने

सुर्खेत । नेपाल–भारत सिमाना रुपैडियामा रोकिएका पेट्रोलिम पदार्थ बोकेका ट्यांकर भारतले छोडेको छ । तेल आपूर्तीको क्रममा भारतले नयाँ नियम लागू गरेपछि तीन दिनदेखी रुपैडियामा रोकिएका ट्यांकर सोमबार साँझदेखी छोड्न शुरु गरेको हो ।

रुपैडियामा ट्यांकर रोकिएपछि सुर्खेतमा पेट्रोलको चरम अभाव चुलिएको छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दिपकप्रसाद घिमिरेको पहलमा २५ ओटा तेल बोकेका ट्यांकर पास भएर नेपालका लागि छुटेका छन् ।

‘भन्सार प्रक्रियाको कारण देखाउँदै रोकिएका ट्यांकर म्यानुअल प्रणालीबाट अहिले छुट्ने क्रम शुरु भएको छ,’ इन्डियन आयल कर्पोरेशन रुपैडियामा रहेका घिमिरेले नेपालीरैबारकर्मीसँग भने, ‘अहिले पाँच लाख लिटर पेट्रोल बोकेका ट्यांक्टर छुटि सकेका छन्, बाँकी ट्यांकर पनि पास गरेर छुटाउने प्रक्रिया जारी छ ।’ उनले नेपालका लागि छुटेका ट्यांकरमध्य ६० हजार लिटर पेट्रोल मंगलबार सुर्खेत पठाइने बताए ।

तपाईको प्रतिक्रिया