कर्णालीका कुन मन्त्रालयको कति बजेट ?

सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले सार्वजनिक गरेको कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेटमा भौतिक मन्त्रालयको कुल बजेट १० अर्ब रहेको छ । यो कुल बजेटको ३३ दशमलव ४८ प्रतिशत बजेट हो ।

१८ दशमलव ३१ प्रतिशत बजेट सामाजिक विकास मन्त्रालयको छ । यो मन्त्रालयका लागि कुल पाँच अर्ब ९७ लाख १९ हजार रहेको छ । योमध्य स्थानीय तहका लागि ७६ करोड ६७ लाख ६० हजार स्थानीय तहका लागि विनियोजन गरिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि तीन अर्ब ७९ लाख ३३ हजार अर्थात ११ दशमलव तथा ६३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय २ अर्ब ३८ करोड (७.३१ प्रतिशत)

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय २ अर्ब १८ करोड ( ६.६८ प्रतिशत)

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय १ अर्ब ७७ करोड (५.४४ प्रतिशत)

आर्थिक मामिला तथा योजना मन्त्रालय १ अर्ब ३८ करोड (४.२२ प्रतिशत)

आन्तरिक मामिला तथा कानून मन्त्रालय २९ करोड ६८ लाख (०.९१ प्रतिशत)

तपाईको प्रतिक्रिया