फोर्स गाडीले मोटरसाइकलाई ठक्कर दिँदा चालक घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइक चालक घाइते भएका छन् । शुक्रबार बिहान ८ः५० बजेको समयमा फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० दैलेखी चोक स्थित सुब्बाकुनाबाट मंगलगढी चोकतर्फ आँउदै गरेको भे ७ प ७९८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको भे १ ज ९९० नम्बरको फोर्स गाडीले ठक्कर दिएको हो ।

ठक्कर दिँदा मोटरसाइकल पल्टिन जाँदा चालक भेरीगंगा नगरपालिका–१३ का ५० वर्षीय प्रेमबहादुर बुढा घाइते भएको प्रहरीको जनाएको छ । घाइते बुढाको दाईने खुट्टा र घुँडामा चोट लागेको र माया नर्सिङहोम उपचारको भईरहेको छ ।

नगर प्रहरी कार्यलय सुर्खेतबाट खटिगएको प्रहरी टोलीले गाडी चालक गुर्भाकोट नगरपालिका–१३ का २७ वर्षीय बिमल दर्लामी मगर र गाडीलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया