जाजरकोट कुसे–७ का वडाध्यक्ष सुतेकै ठाउँमा मृत भेटिए

सुर्खेत । जाजरकोटमा वडा अध्यक्ष सुतेकै ठाउँमा मृत भेटिएका छन् । शुक्रबार राती सुतेका वडा अध्यक्ष शनिबार बिहान मृत भेटिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका नेपालीरैबारलाई जानकारी दिए ।

उनले भने, ‘वडा अध्यक्ष ज्यु राती सुतेको र बिहान मृत भेटिएको भन्ने खबर आएको छ । उक्त घटनास्थलतर्फ प्रहरी परिचालित गरिएको छ ।’

घर्ती स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडा अध्यक्ष हुन् । घर्तीले नेपाली काँग्रेसका खम्बबहादुर सिँहलाई पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया