काठमाडौं । पछिल्लो समय बाघले मानिसलाई आक्रमण गरेको धेरै घटना सार्वजनिक भइरहेका छन्। केही समययता बाघको आक्रमणबाट कसैको ज्यान लिएको छ भने धेरै घाइते भएका छन्।
बाघको आतंकले जंगल वरिपरी बसोबास गर्नेहरू त्रासमा छन्।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार यी कारण मान्छेलाई आक्रमण गर्छ–
– बाघलगायत अन्य जन्तुले आफूलाई असुरक्षित महशुस भयो भने मान्छेलाई आक्रमण गर्छन्।
– बूढो वा घाइते बाघ भए गाईभैँसीलाई आक्रमण गर्छ र त्यतिवेला मानिस देखिएआक्रमण गर्छ।
– पोथी बाघले बच्चा लिएर हिँडेको बेला असुरक्षित महशुस गरेर आक्रमण गर्छ।
– बाघले आफू बस्ने क्षेत्र ओगट्छ र निर्धारण गर्छ। उसले नयाँ ठाउँ खोज्छ। बासका लागि नयाँ ठाउँ खोज्ने वेला पनि उसले मान्छेलाई आक्रमण गर्न सक्छ।
आक्रमणबाट जोगिने उपाय
– वन क्षेत्रमा एक्लै प्रवेश नगर्ने, जानै पर्ने भए समूहमा जाने।
– वृद्धवृद्धा र बालबालिका भाग्न नसक्ने भएकाले उनीहरूलाई जंगलमा प्रवेश नगराउने।
– राति वनमा नजाने।
– घर वरपर झाडी भए फाँडेर सफा राख्ने।
– बस्तीमा अँध्यारो छ भने उज्यालोको व्यवस्था गर्ने।
– गाउँघरमा जंगली वन्यजन्तु पस्न नदिने।
नेपालीरैबार । २०७९ असार ४, शनिबार