सल्यानमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

सुर्खेत । सल्यान छत्रेश्वरी गाँउपालिका–२ लाखुरीबोटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लाखुरीबोटको भित्री कच्चि सडकखण्डमा दुर्घटना भएको हो ।

छत्रेश्वरी–२ दहखोला का २४ डिल्ली वलीले चलाएको रा २ प ४५९२ नम्बरको मोटरसाइक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।

मोटरसाइकल पछाडी सवार वलीका मामा नाता पर्ने ६० वर्षीया टुल्कबहादुर खत्री घाइते भई उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लगिएको समयमा सोमबार बिहान साढे चार बजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया