पत्रकार महासंघ सुर्खेत अध्यक्ष बसेललाई मातृशोक

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललाई मातृशोक परेको छ । गोरखापत्र दैनिकका कर्णाली ब्यूरो प्रमुख बसेलकी आमा गौरीदेवी बस्यालको ६१ वर्षको उमेरमा निधन भएको हो ।


मृगौला रोगबाट पीडित गौरीदेवी लामो समयदेखी औषधी सेवन गर्दै आएकी थिइन् । उनको वीरेन्द्रनगर–४ भैरवस्थानमा निवासमै निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गौरीदेवीको आजै भेरी नदीमा अन्तिम संस्कार गरिनेछ ।

तपाईको प्रतिक्रिया