काठमाडौँ । कारोबारको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार भने छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार तोलामा १० रुपैयाँले प्रतितोला १ हजार २५५ रुपैयाँ कारोबार भइरहेको छ ।
नेपालीरैबार । २०७९ असार ८, बुधबार