भारतमा जाजरकोटका अमृत पुन ६ दिनदेखि सम्पर्क बिहीन

बिरेन्द्र बस्नेत

सुर्खेत । भारतमा जाजरकोटका एक युवा ६ दिनदेखि सम्पर्क बिहीन भएका छन । बारेकोट गाउँपालिका–१ रामिडाडा घर भएका ३८ वर्षीय अमृत पुन भारतको रिकान पिउ नजिकबाट बेपत्ता भएका हुन् ।

घरबाट नेपालगञ्ज पुग्दासम्म स्वास्थ्य अवस्था सामन्य रहेका पुनको नेपालगञ्ज पुगेको केही समयमै असजिलो महशुस गरेका उनका साथी अजय पुनले जानकारी दिए ।

त्यसपछि उनको अवस्थामा थप जटिल समस्या देखा परेको र भारतको किन्नौरको पिउ पुगेर उनि बेपत्ता भएको साथि अजयले बताए ।

पुनका अनुसार उनि राति दौडेर भागेको र ६ दिनसम्म सम्पर्कमा नआएको भन्दै खोजिकार्य गरिहेको बताए । पुनले भने, ‘हाअीले विगत ६ दिनदेखि खोजी गरिरहेका छौँं, भारतको प्रहरी समक्ष पनि जानकारी गराएका छौं तर, हालसम्म कुनै अवस्था गरेको छैन् ।’

तपाईको प्रतिक्रिया