वीरेन्द्रनगरमा खुकुरी प्रहार गरि स्कुटरमा फरार

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिमा एक जनाले खुकुरी प्रहार गरी स्कुटरमा फरार भएका छन् । बुधबार राती १० बजेको समयमा वीरेन्द्रनगर–६ राष्ट्रिय वाणिज्य बैंक नजिकै खुकुरी प्रहार गरि स्कुटरमा फरार भएका हुन् ।

फाइल फोटो

भे २ प ४२४१ नम्बरको स्कुटरमा सवार वीरेन्द्रनगर नगरपालिका–६ का ३१ वर्षीय नारायण विसीमाथी खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नामथर तथा स्कुटरको नम्बर नखुलेको स्कुटुरमा सवार व्यक्तिले विसीलाई खुकुरी प्रहार गरी फरार भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको र खुकुरी प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया