काठमाडाैँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । आजैबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।
नेपाल आयल निगमले शनिबार पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटाएको थियो । अब पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैयाँ कायम गरिएको छ भने डिजेल मट्टितेलमा २९ रुपैयाँ घटाइएको छ । डिजेल-मट्टितेल १९२ बाट १६३ रुपैयाँ कायम गरिएको छ ।
यातायात व्यवस्था विभागले यात्रु बाहक सवारीको भाडा ५.४१ प्रतिशत घटेको जनाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशत घटाएको छ । त्यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ७.६८ प्रतिशत भाडा घटेको जानकारी दिएको छ ।
यस्तो छ नयाँ भाडादर :-
नेपालीरैबार । २०७९ असार १२, आईतवार