‘महामारी’ सुन्दै अप्रिय, असहज र अप्ठेरो लाग्छ । यसको अथ्र्याइ र गहिराइमा नपुगौं, किनभने यसको बारेमा ज्ञानी महात्मादेखि अज्ञानी पटमूर्ख सबै जानकार भैसकेका छन् । यो शब्द रोगसँग, भोकसँग, शोकसँग सबैतिर गाँसिएर आउने गरेको छ ।
आजभन्दा एक सय वर्षअघि स्पेनिस फ्लु नामको रोगसँग गाँसिएर आएको महामारीले विश्वमा झन्डै ८ करोड मानिसको ज्यान लियो । अहिले कोरोना भाइरस ९कोभिड–१९० सँग जोडिएर आएको महामारीले बबन्डर मच्चाइरहेको छ । एक सय वर्ष अन्तरालको बीच–बीचमा पनि कहिले झाडापखाला, कहिले इबोलाजस्ता विभिन्न रोगसँग गाँसिएर महामारी आउने गरेकै हो ।
तर अहिले यो शब्द मर्यादासँग समेत गाँसिएर आएपछि यसले राजनीति, पत्रकारिता, समाजसेवा जताततै बिटुल्याउँदै ठूलै विपत्ति निम्त्याइरहेको छ । मर्यादाको महामारीले जात, भाषा, धर्म, लिङ्ग, समुदाय, पेसा–व्यवसाय, राजनीति, समाजसेवा सबै क्षेत्रमा आक्रमण गरिरहेको छ । यो आक्रमण नियोजित, प्रायोजित या आकस्मिक के हो रु त्यसको लेखाजोखा र खोजबिन अवश्य होला तर त्योभन्दा मुख्य कुरा यसलाई तत्काल रोक्न सकिएन भने यसको असर र प्रभाव दीर्घकालीनरुपमा पर्ने देखिन्छ ।
सत्य, त्रेता, द्वापर युगको कुरा गर्ने हो भने, सभामा द्रोपदीको वस्त्रहरण भयो, देवाधिदेव महादेवलाई दक्षप्रजापतिले अपमान गरे, रावणले सीताको हरण गरे । यी सबै मर्यादाको अभावमा भएका घटनाहरु हुन् । त्यति हुँदाहुँदै पनि ती युगमा मर्यादाको महामारी नै थियो भन्ने ठाँउ रहेन । किनभने त्यति बेला जस–जसले मर्यादा उल्लंघन गरे, तत्कालै सजायको भागिदार बने । तर कलियुगको उत्कर्षको यो समयमा मर्यादाले जतिसुकै सीमा नाघे पनि न सजायको व्यवस्था छ, न आत्मग्लानिको अवस्था । ‘मर्यादा’ भन्ने शब्द नै नाघ्नको लागि बनेको हो कि भन्ने आभास उनीहरुको प्रस्तुति र प्रवृत्तिले देखाउने गरेको छ । जसको कारण मर्यादाले महामारीकै रुप लिइसकेको देखिन्छ ।
पछिल्ला केही उदाहरण हेरौं । जनता समाजवादी पार्टीले केही समयअघि एउटा विज्ञप्ति प्रकाशित गरेर प्रधानमन्त्री केपी शर्मा ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्त कमजोर रहेको टिप्पणी ग¥यो । नेकपाको अहिलेको राजनीतिक ९शायद पदको० लडाइँको क्रममा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत जिन्दगीसँग सम्बन्धित विषयमा भद्दा र अशिष्ट टिप्पणीहरु भएका छन् ।
पुष्पा अधिकारीले बच्चा भेटेको भनेर नाटक गरेको भनिएको घटनामा बच्चालाई सहयोग गर्ने र पछि सहयोग गरेको रकम फिर्ता माग्दै आफूलाई युटुब पत्रकार बताउने भाग्य न्यौपानेले पुष्पासँग लिएको अन्तर्वार्तामा देखिएको दृश्य अनि प्रयोग गरेका शब्दले पनि सिंगो पत्रकारिता क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरेको छ ।
त्यस्तै फिल्मी पत्रकार प्रकाश सुवेदीले अभिनेत्री पूजा शर्माको अन्तर्वार्ता लिँदा प्रयोग गरेको शब्द (दारे) र उनले अन्तर्वार्ता प्रसारणको क्रममा प्रस्तुत गरेको शाब्दिक भूमिका दम्भी मात्र हैन अशिष्ट, अमर्यादित र अपाच्य देखिन्छ ।
पत्रकारको कुनै स्रोतले या औपचारिक, अनौपचारिक कार्यक्रम अथवा अन्तर्वार्ताको क्रममा कसैले ‘अफ दी रेकर्ड’ भनेको छ भने त्यसलाई प्रकाशन÷प्रसारण गर्नु आचारसंहिता विपरीत ठानिन्छ । तर प्रकाश सुवेदीले प्रसारण नगर्नू भनी अभिनेत्री पूजा शर्माले गरेको अनुनयलाई समेत बेवास्ता गरेर उनको चरित्र हत्याको प्रयास गरेको देखिन्छ । केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारहरुलाई बोलाएर लामै कुराकानी गर्नुभयो र अन्त्यमा ‘अफ दी रेकर्ड’ भनिदिनुभयो । यो अवस्थामा पत्रकारहरुले लेख्न नपाएको गुनासो त गरे तर लेख्ने कुरा त भएन । तर पत्रकार सुवेदीले पत्रकारिताको ‘अफ दी रेकर्ड’ भाषालाई बुझ्न सकेनन् या बुझ्ने चेष्टै गरेनन् ।
माथिका यी उदाहरणहरु नै प्रयाप्त छन्, मर्यादा अहिले कुन हदसम्म स्खलित हुँदै छ भन्ने बुझ्नलाई । हामी प्रत्येक जिम्मेवार मानिसले आफ्नो दायित्व, जिम्मेवारी र मर्यादालाई आत्मसात् गरेर अगाडि बढ्ने हो भने यो मुलुकमा व्यक्ति टकराव झमेला अवश्य देखिँदैनथ्यो ।
माथिका उदाहरणहरुलाई अलिकति ‘इनलार्ज’ गरेर हेरौं । नेकपामा देखिएको झमेला मूलतः मर्यादासँग जोडिएको व्यक्ति केन्द्रित टकरावकै परिणति हो । नेकपाका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुले पार्टी अध्यक्ष, प्रधानमन्त्री र शीर्षनेताको मर्यादा राख्न सकेको भए झमेला यो हदसम्म पक्कै पनि बढ्ने थिएन होला । हुन त नेकपाको लडाइँ ६ सदस्यीय कार्यदल बनाएर टुङ्गिने दिशामा अग्रसर भैरहेकोले मदानीको घार्रघुर्र उपयुक्त हुँदैन । तर काल पल्कने अवस्थाको अन्त्य गर्न सबै नेता, कार्यकर्ताले मर्यादालाई भुल्नु पनि हुँदैन ।
राष्ट्रियताको पक्षमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढिरहेको नेकपाको झन्डै दुई तिहाइ बहुमतको सरकारलाई असफल बनाउन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विशेष गरी छिमेकी मुलुकले प्रयत्न गरिरहेको बेला आफ्नै देशमा त्यही पनि आफ्नै पार्टीभित्रबाट मर्यादा मात्र हैन नीति, नियम र आम प्रचलनहरुसमेत भुलेर राजीनामा माग्ने काम भयो, त्यसले राष्ट्रिय, अन्र्तर्राष्ट्रियरुपमै नकारात्मक तरङ्ग सञ्चार गरिदियो ।
पार्टीको औपचारिक, अनौपचारिक बैठकहरुमा मीठा र चिल्ला कुरा गर्ने अनि बैठकबाट उठेर दुई–चार पाइला सर्काउन पाएको छैन मर्यादाको ख्यालै नगरी तथानाम बकवास गर्ने परिपाटीले सहमति, सहकार्य र एकताको राजनीतिमा धमिरा लाग्दै गएको तीतो यथार्थ सबैले स्वीकारेकै विषय हो । मूलतः मर्यादामा सबै नेता–कार्यकर्ता टिकिरहने हो भने राजनीतिक छिनाझप्टीको अवस्थाको अन्त्य अवश्य हुने थियो ।
पत्रकारिताको कुरा पनि त्यस्तै हो । अहिले मूल प्रवाहको मिडिया मात्र हैन सामाजिक सञ्जाल (सोसल मिडिया) मा लेख्ने हरेकलाई आमरुपमा पत्रकारकै हिसाबले हेर्ने गरिन्छ । र, यो कुरा वास्तविकताको नजिक पनि छ । किनभने अहिले हरेक सूचना मूल प्रवाहको मिडियाले भन्दा सामाजिक सञ्जालहरुमा पहिले आउने गरेको छ । युटुब, फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमो, भाइबर आदिबाट आममानिसले सबैभन्दा पहिले सूचना प्राप्त गर्दै आएका छन् । त्यसैले मूल प्रवाहको मिडियामा कार्यरत पत्रकारहरु मात्र हैन सोसल मिडियामा कार्यरत हरेकले जिम्मेवारीपूर्वक सूचना अपलोड गर्नुपर्छ । सोसल मिडियाको एउटा सूचनाले ठूलै प्रभाव पार्न सक्छ । त्यो प्रभाव सकारात्मक या नकारात्मक दुवै हुन सक्छ । सूचनाको सकारात्मक प्रभावको लागि सोसल मिडियाकर्मीको मर्यादा मुख्य जिम्मेवार हुन्छ ।
मूल प्रवाहका मिडियाहरु तुलनात्मकरुपमा मर्यादाको हिसाबले, सन्तुलनको हिसाबले र सत्यताको हिसाबले ठीक छन् । मूल प्रवाहका मिडियामा राजनीतिक, सामाजिक, आर्थिक र व्यक्तिगत हिसाबले थोरै आग्रह–पूर्वाग्रह त पाइन्छ तर उनीहरुले भाषागत मर्यादा र तथ्यगत मर्यादालाई शतप्रतिशत तिलाञ्जलि दिएको देखिँदैन । यही कुरा सोसल मिडियामा हेर्ने हो भने, न तथ्यगत आधार देखिन्छ, न सन्तुलित प्रस्तुति पाइन्छ, न भाषागत शुद्धता र मर्यादा नै भेट्न सकिन्छ । सूचना प्रवाहमा सोसल मिडिया अगाडि छन् र आमनागरिकको विश्वास पनि सोसल मिडियाप्रति बढ्दै गएको छ तर उनीहरुले मर्यादा र विश्वसनीयता भने कायम राख्न सकेको देखिँदैन÷पाइँदैन ।
मूल प्रवाहमा कार्यरत पत्रकारहरुको आचरण, व्यवहार र कार्यशैलीका कारण थोरै बदनाम भएको पत्रकारिता पेसालाई सोसल मिडियामा कार्यरत सामाजिककर्मी ९पत्रकारोन्मुख० व्यक्तिहरुले झन्डै–झन्डै निमिट्यान्नकै अवस्थामा पु¥याइदिएका छन् । त्रिभुवन विश्वविद्यालयका पत्रकारिताका प्रोफेसर कुन्दन अर्यालले लेखेका छन्, ‘युटुबे हैन युटुबर’ बनौं । यो भनाइको वास्तविकता के हो भने, हरेक सोसल मिडियाकर्मीहरु अपभ्रंश भएर एकलाखे या अरु कुनै फुर्का जोडिनेतिर अग्रसर भएका छन् । एकलाखे फुर्कालाई छोडेर सबैले आफ्नो शुद्धता र मर्यादालाई अक्षरशः ख्याल गर्ने हो भने भोलिको भविष्य सोसल मिडियाकै देखिन्छ ।
अन्त्यमा, राजनीति, पत्रकारिता, समाजसेवा जताततै भैरहेको मर्यादाको स्खलनमा कहीँ न कहीँ सोसल मिडियाको भूमिका जोडिएकै छ । प्रधानमन्त्री केपी ओलीलाई अपमान गर्न खोज्नेहरुको माध्यम सोसल मिडिया अनि पुष्पकमल दहाल, माधवकुमार नेपाल, झलनाथ खनालहरुको मजाक उडाउने पनि सोसल मिडिया, पुष्पा अधिकारीलाई बदनाम गर्ने पनि सोसल मिडिया । मर्यादाको महामारी फैलाउने काम त मूलतः सोसल मिडियाले नै गरेको रहेछ ।
अब एकपटक गम खाँदै मनन गरौं त, यो सोसल मिडियाको नियमन जरुरी छ कि छैन रु पक्कै पनि छ । त्यसैले सरकारले सोसल मिडियाको नियमनको लागि त्यति बेला पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले बनाएको योजनामुताबिक ऐन–कानुनमा परिर्माजन गर्नु जरुरी छ । हैन भने भोलिका दिनमा यो मर्यादाको महामारीले जसले अहिले मर्यादा नाघेर सोसल मिडियालाई प्रयोग गर्दै अरुको हुर्मत लिने काम गरिरहेका छन्, उनीहरुलाई नै भष्म गरिदिने छ । किनभने महामारीको विवेक हुँदैन, यसले पद, पैसा, उमेर समूह केही पनि हेर्दैन । विचार गरौं, अरुको मर्यादा राख्न सक्यौं भने मात्र आफ्नो उचाइ बढ्न सक्छ । नेपाल समाचारपत्रबाट ।
नेपालीरैबार । २०७७ भाद्र ७, आईतवार