इनार सफा गर्दा डुबेर मृत्यु

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–४ का एक पुरुषको इनारमा डुबेर मृत्यु भएको छ । मंगलबार भेरीगंगा–१० तोलिखोलामा इनार सफा गर्नेक्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार मृत्यु हुनेमा भेरीगंगा–४ का ३० वर्षीया यामबहादुर दमाई रहेका छन् । प्रहरीकाअनुसार बिहान ८ बजेको समयमा इनार सफा गर्दा डुबेका यामबहादुरको बिहान ११ बजे मृत अवस्थामा इनारबाट शव निकालिएको हो ।

यामबहादुरको उद्धार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले गरेको रक्तकाली गण बाङ्गेसिमलका एसपी विमल डाङ्गिले जानकारी दिए ।

तपाईको प्रतिक्रिया