गोठिकाँडामा स्कुटर पल्टिदा चालक घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१४ गोठिकाँडामा स्कुटर पल्टिन जाँदा चलाक घाइते भएका छन् । बिहीबार बिहान नौ बजेको समयमा दैलेख–सुर्खेत सडक खण्डको गोठिकाँडामा स्कुटर अनियन्त्रित भएर पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ प ९८५९ नम्बरको स्कुटर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

घाइते हुनेमा स्कुटर चालक सुर्खेतको बराहताल गाउपालिका–१० अन्दाजी २१ वर्षीया नबिन लामिछाने रहेका छन् । हाल लामिछानेको उपचारको कर्णाली प्रदेश अस्पतालमा भईरहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया