यस्तो हुनेछ आजको मौसम

काठमाडौं। अहिले देशका तीन प्रदेशमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ। जसका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ। साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया