ससुराली गएका श्रीमानले गरे श्रीमतीमाथि चक्कु प्रहार, भैरवस्थानबाट पक्राउ

सुर्खेत । वीरेन्द्रनगरकाे भैरवस्थानमाले एक व्यक्तीले श्रीमतीलाई चक्कु प्रहार गरेका छन् । वीरेन्द्रनगर नगपालिका-४ भैरवस्थानमा बसाेबास गर्दै आएका ३० वर्षीय तीलबहादुर घर्तीले श्रीमती ३३ वर्षीय खगिसरा घर्तीलाई चक्कु प्रहार गरेर घाइत बनाएका हुन ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट पुगेकाे टाेलीले तीलबहादुरलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ । घाइते खगिसराकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।  

चिगाड गाउँपालिका-१ स्थायी ठेगाना घर भएका तीलबहादुरले ससुरालीको घरमा आएकाे बेला चक्कु प्रहार गरेकाे प्रहरीले जनाएकाे छ । घाईते खगिसराकाे टाउकोघाँटीकुमको पछाडी दुबै हातमा चोट रहेकाे र उनी अबस्था बोल्न सक्ने रहेकाे प्रदेश प्रहरी कार्यालयले बताएकाे छ । चक्कु प्रहार गर्ने तिलबहादुरलाई नियन्त्रणमा लिएर थप अनसुन्धान अघि बढाएकाे छ । 

तपाईको प्रतिक्रिया